बढ्यो सुनको मूल्य
नेपालखोज
२०८० फागुन ४ गते ११:३८

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । दिन प्रतिताला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया