लागूऔषधसहित भारतीय नागरिक पक्राउ
नेपालखोज
२०८० फागुन ९ गते ६:१३

धनगढी । कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
१० ग्राम लागूऔषध खैरो हिरोइनसहित भारत बरेली बस्ने ३५ वर्षीय रहिम अहमद पक्राउ परेका हुन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागूऔषध व्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका ९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया