जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । झापाको २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका–७ बेलानी बस्ने ३० वर्षीय जीवन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जीवनले झापा मेचिनगर नगरपालिका–८ जोरसिमलस्थित कोठामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पाल्पाको १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय बुद्ध बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पाल्पा तानसेन नगरपालिका–९ दमकडा बेलडाँडास्थित एक घरमा विकले ती किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडिफाँटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया