बिहीबार, वैशाख ११, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालखोज २०८० फागुन २७ गते १५:४५

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेबी आकासे पुल नजिकै सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलान्चोक बनेपा नगरपालिका–७ धनेश्वर बस्ने ४० वर्षीय मणिराज घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ धमौलीस्थित सडकमा फुलिकाबाट तौलिहवातर्फ जाँदै गरेको युपि ५५ ए ४८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका–३ धमौली बस्ने २६ वर्षीय महोम्मद हारून मुसलमानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा रूपन्देहीतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया