बिहीबार, वैशाख ११, २०८२

अवैध लागूऔषध गाँजासहित पक्राउ

नेपालखोज २०८० फागुन २९ गते १४:४५

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडी डिक्कि र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–९ स्थित बस स्टेसनबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ ग्रामसहित सखुवा प्रसौनि गाउँपालिका–८ जमुनिय बस्ने ५५ वर्षीय ध्रुव ठाकुरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया