बिहीबार, वैशाख ११, २०८२

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

नेपालखोज २०८० चैत २ गते १६:१३

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ बेलकुण्डी बस्ने मोहन रानालाई एकनाले भरूवा बन्दुक १ थानसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय झलारी र इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया