फुर्सदको निद्रा….
बसन्त बस्नेत
२०८० चैत ७ गते ९:५१

हिजो सम्म समस्याले बजारिएको मान्छे
आज फुर्सदको निद्रामा देखे
हिजो मात्रै सपना बेचेको मान्छे
आज अनन्त सपनाको गहिराइमा भेटे
उसले पिएको के थियो गए राती ?
यति धेरै साहस बटुल्नको निम्ति
पक्कै पनि धैरिएता त थिएन
भेटिएको चिठीमा लेखिएको थियो
पिएको पदार्थ विश्वास नै थियो
घण्टौँ सम्म हेरे निदाएका उसका आँखामा
मानौँ उ उठेन छ
महसुस गर्दौ म आएको
सत्यता उ उठेन, कहिल्यै उठेन
घोटिएको थियो त मतभेदको संसारमा
जहाँ पुजिन्छ अमूर्त लाई
र धिक्कारिन्छ मूर्त लाई ।
सम्बन्धित
प्रतिक्रिया