स्थिर सुनको मूल्य
नेपालखोज
२०८० चैत ७ गते ११:१३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन बुधबार १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ।
यसैबीच बुधबार चाँदीको मूल्य सामान्य गिरावट भएको छ । मंगलबार तोलामा १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ५ घटेर १ हजार ५२० रुपैयाँमा कारोाबर भएको महासंघको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया