तोलामा सात सयले बढ्यो सुनको मूल्य
नेपालखोज
२०८१ वैशाख ३ गते १२:५९

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।
यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय १५ निर्धारण भएको छ ।
सम्बन्धित
प्रतिक्रिया