स्थिर सुनको मूल्य
नेपालखोज
२०८१ वैशाख २६ गते ११:०५

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य बुधबार पनि कायमै रहेको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदा चाँदीको भाउ पनि स्थिर रहेको छ ।
महासंघका अनुसार सोमबार तोलामा १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमै कारोबार भएको हो ।
सम्बन्धित
प्रतिक्रिया