बढ्यो सुनको मूल्य
नेपालखोज
२०८१ वैशाख ३० गते ११:२०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।
त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ निर्धारण भएको छ ।
सम्बन्धित
प्रतिक्रिया