जनकपुरधाममा ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
नेपालखोज
२०८१ वैशाख ३१ गते १३:०३

महेन्द्रनगर (धनुषा) । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट १४ लाख ५३ हजार नगद बरामद गरिएको छ ।
धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।
सम्बन्धित
प्रतिक्रिया