बुधबार, वैशाख १०, २०८२

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

नेपालखोज २०८१ जेठ ८ गते १५:१३

मोरङ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया