आइतबार, वैशाख ७, २०८२

‘द रेड सुटकेस’लाई ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड

नेपालखोज २०८१ भदौ १ गते ८:२७

काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न ‘इन्डियन फिल्म फेस्टिभल इन मेलबर्न’मा बेस्ट फिल्मको अवार्ड चलचित्र ‘द रेड सुटकेस’ले जितेको छ ।

शुक्रबार सम्पन्न फेस्टिभलमा ‘द रेड सुटकेस’ले ‘बेस्ट फिल्म अफ द सबकन्टिनेन्ट’ अवार्ड जितेको हो । फिडेल देवकोटाको लेखन तथा निर्देशक रहेको चलचित्रमा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायत कलाकार मुख्य भूमिकामा छन् ।

रामकृष्ण पोखरेल, फिडेल देवकोटा र शोभा थापा निर्माता रहेको चलचित्र नेपालमा गत चैत ३० गते रिलिज भएको थियो ।

प्रतिक्रिया