साफ यू–२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै
नेपालखोज
२०८१ भदौ २ गते ८:२३
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदै छ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो । एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया