एकैदिन ३ हजारले बढ्यो सुनको मूल्य
नेपालखोज
२०८१ भदौ २ गते ११:०८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला ९ सयले घटेको सुन आज आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि आज तोलामा ५० रुपैयाँले बढेको छ । आज तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया