सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंकले एकैदिन तान्यो एक खर्ब

नेपालखोज २०८१ भदौ २ गते १७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एकैदिन एक खर्ब रुपैंयाँ तानेको छ । आज आईतबार अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा निक्षेप उपकरणको बिक्री मार्फत उक्त परिमाणमा रकम तानिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार यसी बिक्री गरिएको निक्षेप उपकरणको परिपक्व हुुने अवधि २१ दिन तोकिएको छ भने सावाँ व्याज भुक्तानी मिती भदौ २३ गते तोकिएको छ ।

वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत प्रयोगग गर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया