बिहीबार, वैशाख ११, २०८२

साफ यु-२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलङ्का खेल्दै

नेपालखोज २०८१ भदौ ४ गते ७:११

काठमाडाैं । एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपमा फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ ।

यसअघि हिजो भएको खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हरायो । उद्घाटन खेलमा अस्ति आइतवार नेपालले श्रीलङ्कालाई १–० गोलले पराजित गरेको थियो  ।

नेपालले समूहको दोस्रो खेल पर्सि बिहीवार बङ्गलादेशसँग खेल्नेछ । च्याम्पियनशिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् ।

प्रतिक्रिया