महिला टी-ट्वान्टी विश्वकप यूएईमा आयोजना हुने
नेपालखोज
२०८१ भदौ ५ गते ६:३५

काठमाडाैं । महिला टी-ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो ।
युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आईसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।
युएईले यसअघि सन् २०२१ को पुरुष टी-० विश्वकप ओमानसँगै आयोजना गरेको थियो । १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया