घट्यो सुन-चाँदीको मूल्य
नेपालखोज
२०८१ भदौ ६ गते ११:३५

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया