आइतबार, वैशाख ७, २०८२

संसारका सबैभन्दा ठुला ऋणी देश

नेपालखोज २०८१ भदौ ७ गते १४:२४

काठमाडाैं । विश्वका ऋणी देशको सूचीमा केही यस्ता नामहरू छन् जसले तपाई – हामीलाई छक्क पार्नेछन् । यो सूचीको पहिलो देश जापान हो । जापानमा ऋण कुल गार्हस्थ्य उत्पादनको २१६ प्रतिशत छ । ग्रिस २०३ प्रतिशतका साथ दोस्रो स्थानमा छ । ग्रिसको ऋण देशको जिडिपीभन्दा दोब्बर छ । बेलायत माथि उसको जिडिपीको १४२ प्रतिशत ऋण छ। 

लेबनानमाथि जिडिपीको १२८ प्रतिशत ऋण छ। यो सूचीमा स्पेनको नाम पनि छ भने अमेरिकामाथि उसको जिडिपीको ११० प्रतिशत ऋण छ।  

देशहरूको जिडिपीका आधारमा उनीहरूमाथि कति ऋण छ भन्ने तथ्याङ्कका आधारमा यो प्रतिवेदन तयार पारिएको हो । वर्ल्ड स्टेटेस्टिक्सले आईएमएफको प्रतिवेदनका आधारमा यो प्रतिवेदन तयार गरेको हो ।

प्रतिक्रिया