आइतबार, वैशाख ७, २०८२

बैभन्दा बढी बेचबिखन हुने जीवजन्तु 

नेपालखोज २०८१ भदौ ७ गते १६:१६

काठमाडाैं । वन्यजन्तुको तस्करी विश्वको चौथो ठुलो अवैध व्यापार हो जसका कारण धेरै किसिमका प्रजाति लोप हुने अवस्थामा पुगेका छन् । अमेरिकाको (यूएस ) डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार निम्न जनावरहरूको तस्करी सबैभन्दा बढी हुने गरेको छ। 

सबैभन्दा बढी तस्करी हुने जनावर : गैँडा (२९ प्रतिशत) 

गैँडा विश्वमा सबैभन्दा बढी तस्करी हुने प्रजाति हो । यसको सिकार सीँगका लागि  गरिन्छ, जुन धेरै देशहरूमा औषधि र गहनाहरूमा प्रयोग हुन्छ। 

पेंगोलिन (Pangolin , २८ प्रतिशत) 

Pangolin को छाला र यसको शरिररका अन्य भागहरू परम्परागत औषधिहरूमा प्रयोग गरिन्छ। यो संसारमा सबैभन्दा धेरै तस्करी हुने स्तनपायी हो । 

हात्ती (१५ प्रतिशत) 

हात्तीलाई उसको दाँतका लागि मारिन्छ र यसको तस्करी हुन्छ। यो तस्करीले हात्तीलाई लोप हुने संघारमा पु¥याइरहेको छ । 

इल माछा तथा गोही (५ प्रतिशत) 

इल माछाको तस्करी मासुका लागि गरिन्छ । यो एशियाई देशहरूमा स्वादिष्ट माछाका रूपमा प्रसिद्ध छ। त्यसै गरी, छाला र मासुका लागि तस्करी हुने गोहीको हिस्सा कुल तस्करीको  पाँच प्रतिशत छ । महँगा फेसन उत्पादनहरू गोहिको छालाबाट तयार गरिन्छ। 

सुगा र कछुवा (२ प्रतिशत) 

सुगा र अन्य रङ्गिन चराहरू तिनीहरूको सुन्दर प्वाँख र घरपालुवा जनावरका रूपमा लोकप्रिय भएका कारण बेचबिखनको सिकार हुन्छन्। 

यसै गरी, बाघ र चितुवा जस्ता मांसाहारी जनावरहरू आफ्नो छाला, हड्डी र अन्य अङ्गका लागि बेचबिखनको सिकार हुन्छन्। यी जीवहरूको शरीरका भागहरू परम्परागत औषधि तथा सजावटी कपडाहरूमा प्रयोग गरिन्छ। 

सर्प (२ प्रतिशत) 

तस्करी हुने जनावरमध्ये सुगा र कछुवासँगै सर्प छैटौँ स्थानमा छ । फेसन उद्योग र औषधिमा प्रयोग हुने सर्पको तस्करी यसको छाला र विषका लागि  गरिन्छ।

प्रतिक्रिया