सेमिफाइनलमा नेपालले भुटानसँग र बंगलादेशले भारतसँग प्रतिस्पर्धामा गर्ने
नेपालखोज
२०८१ भदौ ७ गते १८:३५

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने भएकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेमा शुक्रबार सम्पन्न समूह बीको खेलमा भारतले माल्दिभ्सलाई ०-१ गोलले पराजित गरेसँग नेपालले भुटान खेल्ने भएकाे हाे । नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान समूह बी बाट उपविजेता बनेको हो ।
त्यस्तै सेमिफाइनलमा बंगलादेश र भारत प्रतिस्पर्धामा गर्ने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गर्यो । यो नतिजासँगै भारतले सेमिफाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाएको हो ।
सम्बन्धित
प्रतिक्रिया