सोमबार, वैशाख ८, २०८२

नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारणसभा सम्पन्न

नेपालखोज २०८१ भदौ ७ गते २०:५६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले यही भदौ सात गते शुक्रबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आफ्नो ३६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा अध्यक्षले समिक्षा वर्ष २०७९÷०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए तापनि सो चुनौतपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको पृष्ठभूमीमा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारेको बताई ।

सोही कारण पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आ.व.२०७९÷०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आ.व.२०८०÷०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गरिन् ।

आ.व.२०७९÷०८० मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको कम्पनीको भनाई छ । कम्पनीको कूल बीमाशुल्क १६ दशमलव ६६ प्रतिशतले बृद्धि भई रु.१,६८०.९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७ दशमलव ७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ ।

कूल लगानी १५ दशमलव ७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९÷०८० मा सो दर नौं दशमलव ४५ प्रतिशत कायम रहेको छ ।

कम्पनीका सबै लगानीहरु श्री नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेका छन् यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा छन् । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको जनाएको छ ।

यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको छ । कम्पनीले मर्चेन्ट बैंकिङ क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ भने आ.व.२०८१÷०८२ मा सहायक कम्पनी कै रुपमा एउटा इन्भेष्टमेन्ट कम्पनी खोल्न प्रयासरत रहने जनाएको छ । यसबाट लगानी विविधीकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पु¥याउने कम्पनीको विश्वास छ ।

कम्पनीले ग्राहक केन्दि«त भई सूचना प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्दै ब्यवसाय संचालनको क्रममा डिजिटल प्रणालीको उच्चतम् प्रयोग गर्दै आएको छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ ।

यसै गरी कम्पनीको आ.व.२०७९÷०८० को बीमाङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजनिङ गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ । कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको एक प्रतिशतले रु ९७,३३,१५०÷– बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

सभाले आ.व. २०७९÷०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ मा १० प्रतिशतका दरले नगद लाभांश रु.५०,११,६६,६४२÷५० र चार प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२०,०४,६६,६५७÷ साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६९,२८,०६८÷३९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५ मा चार प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२ पुगेको छ ।

प्रतिक्रिया