बुधबार, वैशाख १०, २०८२

खोलामा डुबेर दुईको मृत्यु

नेपालखोज २०८१ भदौ ८ गते २०:१८

कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । आज फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् । खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्या एकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ ।

प्रतिक्रिया