बिहीबार, वैशाख ११, २०८२

साफ यू-२० च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै

नेपालखोज २०८१ भदौ ९ गते ७:२४

काठमाडौं । घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह एका दुवै खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

यस्तै, भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो । भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया