एनपिएलको फ्रेन्चाइज खरिदका लागि १६ वटा नेपालका ठूला र नाम चलेका व्यापारिक घरानाले आवेदन
नेपालखोज
२०८१ भदौ ९ गते १७:२५

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज खरिदका लागि १६ वटा व्यापारिक घरानाले आवेदन दिएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार फ्रेन्चाइजका लागि १६ वटा आवेदन परेको छ । ‘१६ वटा घरानाको आवेदन हामी माझ आईपुगेको छ । आवेदन दिनेमा नेपालका ठूला र नाम चलेका व्यापारिक घरानाहरु रहेका छन् ।’
क्यानको आयोजनामा पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । लिगको पहिलो संस्करणमा ६ देखि ८ टोली सहभागी गराउने छलफल भईरहेको लामाले बताए ।
लामाले अगाडी भने ‘पहिलो संस्करणको एनपिएलमा ६ देखि ८ टोली टोली सहभागी गराउने भनेर हामी छलफलमा नै रहेका छौ । यसबारेमा बोर्ड बैठकले एक साता भित्र अन्तिम निर्णय गर्नेछ ।’
सम्बन्धित
प्रतिक्रिया