साफ यू–२० च्याम्पियनसिप : फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै
नेपालखोज
२०८१ भदौ १२ गते ७:४४

काठमाडौं । घरेलु टोली नेपाल र बंगलादेशबीच साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । सातदोवाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने छ ।
नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन् ।
दुवै खेलमा एक एक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो । नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए । जसमा नेपाल विजयी भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया