आइतबार, वैशाख ७, २०८२

जोखिममा छन् यी काम

नेपालखोज २०८१ भदौ १२ गते १६:०३

काठमाडाैं । यूएस ब्यूरो अफ स्ट्याटिस्टिक्सका अनुसार, २०३२ सम्म लोप हुने जोखिममा रहेका कामहरूमा परम्परागत रोजगारीहरू बढि छन् । यद्यपि यो सबै तथ्याङ्क अमेरिकाको हो तथापि यसले एआइको बिकासले संसारमा ल्याउने परिवर्तनको एउटा सानो झलक भने दिन्छ ।

नम्बर – ९ : सुपरभाइजर
सन् २०३२ सम्ममा रीटेल स्टोरहरुमा एक लाख सुपरभाइजरको दरबन्दी घट्ने सम्भावना छ ।

नम्बर – ८ : फास्ट फूड कुक
अहिले बर्गर र चाउचाउ जस्ता फास्ट फूड पकाउने कुकको आवश्यकता घट्दै गएको छ । आगामी आठ वर्षमा यस्तो रोजगारिमा एक लाख एक हजारभन्दा बढी कमि आउने छ ।

नम्बर – ७ : कार्यालय सचिव
एआइ र अन्य प्राविधिक उपकरणहरूले प्रशासनिक कार्यहरूमा मद्दत गरि मानिसहरूलाई द्रुत रूपमा प्रतिस्थापन गर्दैछन्। सन् २०३२ सम्ममा अमेरिकामा उनीहरुको आवश्यकता एक लाख आठ हजार एक सयले घटन सक्छ ।

नम्बर – ६ : अकाउन्टिङ तथा अडिटिङ क्लर्क
एआई उपकरणहरूले लेखाको काम यति राम्रो र द्रुत रूपमा गरिरहेका छन् कि आगामी दिनहरूमा यसका लागि मानिसको आवश्यक रहने छैन । यही कारणले आगामी आठ वर्षभित्रमा एक लाख आठ हजार तीन सयको रोजगारी घट्ने सम्भावना छ ।

नम्बर – ५ : एसेम्बलर
रोबोटले अब कारका पार्टपुर्जादेखि कार्डबोर्ड बक्ससम्म सबै चीजको एसेम्बलीङ आफ्नो हातमा लिएको छ । यस्तो अवस्थामा कलकारखानामा एसेम्बलरका रुपमा काम गर्नेहरुको संख्या १ लाख ११ हजार ८ सयले घट्न सक्छ ।

नम्बर – ४ : ग्राहक सेवा प्रतिनिधि
च्याट जिपिटि जस्ता भाषा-आधारित एआई उपकरण मार्फत मानिसहरूले अझ सजिलो र छिटो जानकारी प्राप्त गर्न सक्छन् । यसका लागि उनीहरूले फोनमा धेरै समय पनि पर्खनु पर्दैन । त्यसैले सन् २०३२ सम्ममा यो क्षेत्रमा अमेरिकामा मात्र १ लाख ६२ हजार जना सम्मको रोजगारी गुम्न सक्छ ।

नम्बर – ३ : अफिस क्लर्क कम्प्युटर
एआई उपकरणहरूले कार्यालयमा क्लर्कको काम सजिलैसँग सम्हालिरहेका छन्। सन् २०३२ सम्ममा अमेरिकामा क्लर्कको जागिरको संख्या १,७५,४०० ले कम हुने सम्भावना छ ।

नम्बर – २ : असिस्टेन्ट
अधिकारीहरूको सहायकका रूपमा काम गर्ने मानिसहरूको आवश्यकता द्रुत रूपमा घट्दै गएको छ। उनीहरुको संख्या सन् २०३२ सम्ममा २ लाख ३५ हजार ९०० ले घटन सक्छ । यद्यपि, यसमा चिकित्सा तथा कानुनी सहायकहरू समावेश छैनन्।

नम्बर – १ : क्यासियर
सबैभन्दा जोखिममा रहेको काम भनेको बैंक आदिमा रहेको क्यासियरको काम हो। सन् २०३२ सम्ममा अमेरिकामा ३ लाख ४८ हजार जति क्यासियरको आवश्यकता कम हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया