बंगलादेशलाई यू २० च्याम्पियनसिपको उपाधि

काठमाडाैं । घरेलु टोली नेपाललाई पराजित गर्र्दै बंगलादेशले साफ यू २० च्याम्पियनसिपको उपाधि जितेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको फाइनल खेलमा नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधी कव्जा गरेको हो ।
बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १–१ गोल गरे । नेपालका लागि समिर तामाङले सान्तवना गोल फर्काए । खेलको पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले पहिलो गोल गरेको थियो । मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे ।
त्यस्तै मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे । ८० औं मिनेटमा नेपालका लागि समिर तामाङले गोल गरे । दोश्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे ।
च्याम्पियनसिपमा ६ राष्ट्रको सहभागीता रहेको थियो ।
प्रतिक्रिया