नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् ।
खड्गी समेतले सञ्चालन गरेको उक्त गेष्टहाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमाआकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ भाटनपुरूवाबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित भारत बहराईच उत्तर प्रदेश बस्ने ३१ वर्षीय आनन्द बर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने२४ वर्षीय संजय गुरूङलाई अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–३ इतौरा बस्ने ३६ वर्षीय डिल बहादुर महतोलाईअवैध लागूऔषध गाँजा करिब ३ किलो ५ सय ग्राम र सोही नगरपालिका–४ पनौती बस्ने १८ वर्षीयकिशोरलाई अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१७ रघुनाथपुरबाट अवैध लागूऔषधगाँजा १० किलो ५ सय ग्राम सहित निजगढ नगरपालिका–१३ रतनपुर बस्ने ३४वर्षीय संदेश स्याङतानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले रघुनाथपुरबाट भोडाहतर्फ जाँदै गरेको प्र.२–०३–०१३ प २४०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक संदेशलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा सुनिल स्मृति गाउँपालिका–४ कोईरालखर्क बस्ने २१ वर्षीय सरोज विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सरोजले ती किशोरीलाई स्वर्गद्वारी नगरपालिका–२ हाम्जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७गते साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट खाल र जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
चौबिसे गाउँपालिका–५ बैकुण्ठे बस्ने४५ वर्षीय प्रेम बहादुर जोगीलाईभरूवा बन्दुक१ थान,खुकुरी१ थान रचक्कु१ थान सहितबुधबार राती प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ४४ वर्षीय भिम सुबेदीसँग बादबिवाद हुँदा मादक पदार्थ सेवन गरेका प्रेम बहादुरलेआफ्नो घरमा गई भरूवा बन्दुक ल्याई मारि दिन्छु भनी ताकेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैस्थितसडकमा जसपुरबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ह ४५१३ नम्बरको अटो अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा अटोमा सवार दंगिशरण गाउँपालिका–२ बस्ने ८५ वर्षीय जिवराज बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तेह्रथुमको लालिगुराँस नगरपालिका–१ लम्बु खोलास्थित सडकमा ईटहरीबाट तेह्रथुम म्याङलुङतर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रकले किचेर सोही ट्रकका सहचालक सुनसरी इटहरी उपमहानगरपालिका बस्ने ४५ वर्षीय रमानन्द चौधरीको बुधबार राति मृत्यु भएको छ । ट्रकको ब्रेक फेल भई ओत लगाउने क्रममा ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा कलंकीबाट थानकोटतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनले किचेर हाल नाम,थर,वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
आठविस नगरपालिका–५ पिपलकोट बस्ने ४८ वर्षीया कमला बिष्टको नाति २ वर्षीय रोशन बिष्टको चट्याङ लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
घर नजिकैको जंगलमा बाख्रा चराउन गएकोमा पानि परी सोही ठाउँस्थित घरमा ओत लागी बसेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएकी कमलालाई उपचारको लागि कर्णाली अस्पताल सुर्खेत पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया