नेपाल प्रिमियर लिगमा आठ टिमले प्रतिस्पर्धा गर्ने
नेपालखोज
२०८१ भदौ १३ गते २१:४३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बोर्ड बैठकले एनपिएलको पहिलो संस्करणमा ८ टोली सहभागी गराउने निर्णय गरेको हाे । एनपिएलको टोली खरिदका लागि १६ संस्थाले आवेदन दिएका थिए । पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदै छ ।
सम्बन्धित
प्रतिक्रिया