बिहीबार, वैशाख ११, २०८२

क्यानले सातै प्रदेशका खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने

नेपालखोज २०८१ भदौ १४ गते ६:०२

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले सातै प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको बैठकले हरेक प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।

क्यानले बजेट उपलब्ध गराउने भएपनि प्रदेश आफैंले नै खेलाडीसँग सम्झौता गर्ने पनि निर्णयमा उल्लेख छ । यसबाहेक विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ तथा अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय क्यानले गरेको छ ।

यस्तै, क्यानले राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लेख बहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्ताजा हलुवारी रहेको राष्ट्रिय छनोट समितीको निमार्ण गरेको छ । यसका लागि क्यानले केही समय अगाडी आवेदन मागेको थियो ।

बैठकले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा ८ टोली सहभागीता गराउने निर्णय पनि गरेको छ । पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । लिगमा रहने टोलीको नाम टोली मालिकको नाम भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया