आइतबार, वैशाख ७, २०८२

सबैभन्दा शक्तिशाली पासपोर्ट कहाँको ?

नेपालखोज २०८१ भदौ १४ गते १३:०४

काठमाडाैं । हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि राहदानी र्याङ्किङ सार्वजनिक गरेको छ । यो सूचीले फ्रान्सको राहदानीलाई सबैभन्दा शक्तिशाली मानेको छ । फ्रान्सेली राहदानी धारकहरूले १९४ वटा देशमा निःशुल्क भिसा यात्रा गर्न सक्छन् । कुनै देशको राहदानी कत्तिको शक्तिशाली छ भनी निर्धारण गर्न हेन्ले पासपोर्ट सूचकांकले भिसा मुक्त यात्रालाई आधार मान्छ।

यी देशहरू छन् शीर्षमा
हेन्ले पासपोर्ट इन्डेक्सको पछिल्लो सूची अनुसार फ्रान्ससँगै जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको पासपोर्ट विश्वकै शक्तिशाली छ । यी पाँच देशका राहदानीधारीले १९४ देशको भिसा फ्री यात्रा गर्न सक्छन्।

दोस्रो नम्बरका देश

फिनल्याण्ड, नेदरल्यान्ड्स, दक्षिण कोरिया तथा स्वीडेनका राहदानी बाट १९३ देशको भिसा-मुक्त यात्रा गर्न सकिन्छ । युनाइटेड किंङडम, लक्जमबर्ग, आयरल्याण्ड, डेनमार्क तथा अस्ट्रियाको पासपोर्टबाट १९२ वटा देसमा फ्री प्रवेश पाईन्छ र यसका साथ यी मुलुक तेस्रो स्थानमा छन्।

कहाँ छ नेपाल ?

नेपाल यो सुचिको १०३ नम्बरमा छ भने अन्य दक्षिण एशियाली मुलुकमा पाकिस्तान १०६ , श्रीलंका १०१ नम्बरमा तथा बंगलादेश १०२ नम्बरमा छ । यो वरीयतामा भारतको राहदानी एक स्थान झरेर ८५ औं स्थानमा पुगेको छ ।

यो वरियतामा दक्षिण अफ्रिका (५५औँ), माल्दिभ्स (५८औँ), साउदी अरब (६३औँ), थाइल्याण्ड (६६औँ), इन्डोनेसिया (६९औँ) तथा उज्वेकिस्तान (८४औँ) स्तरमा छन्।

अमेरिकाको राहदानी कति शक्तिशाली ?

यो वरीयता अनुसार अमेरिकी पासपोर्ट पनि शक्तिशाली मानिएको छ । अमेरिका यसपटक छैटौं स्थानमा छ । चीनको राहदानी गत वर्षको तुलनामा यो वर्ष दुई अंकले माथि चढदै ६४ औं स्थानमा पुगेको छ ।

सबैभन्दा कमजोर पासपोर्ट

ययो वरीयतामा अफगानिस्तानको राहदानी पुछार अर्थात १०९औँ स्थानमा छ ।अफगान राहदानी धारकहरू २८ देशमा मात्र निशुल्क प्रवेश गर्न सक्छन् ।

प्रतिक्रिया