पोषणको कमि महिलामा बढी

द ल्यान्सेट ग्लोबल हेल्थ जर्नलमा प्रकाशित एक अध्ययनले मानिसहरूले आइरन, क्याल्सियम र फोलेट जस्ता आवश्यक सूक्ष्म पोषक तत्वहरूको पर्याप्त मात्रामा उपभोग नगरेको पाइएकाे छ । अध्ययनले १८५ देशमा १५ सूक्ष्म पोषक तत्वहरूको सेवनलाई लिएर यो अनुमान गरेको हो र यसमा सप्लिमेन्टरी आहारमा समावेस छैन् ।
यो अनुसन्धान हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेका हुन्। अध्ययनले विश्वको करिब ७० प्रतिशत जनसङ्ख्या अर्थात पाँच अर्बभन्दा बढी मानिसमा आयोडिन, भिटामिन ई तथा क्याल्सियमको कमी रहेको जनाएको छ ।
देशहरू र उमेर समूहहरूमा, पुरुषहरू भन्दा बढी महिलाहरूले आयोडिन, भिटामिन बी १२ तथा फलामको अपर्याप्त सेवन गरेको पाइयो । यसका विपरित पुरुषमा महिलाको तुलनामा म्याग्नेसियम, भिटामिन बी, जिंक तथा भिटामिन सीको कमी बढी भएको देखियो ।
यो प्रवृत्तिले नेपाल जस्तो देशमा पुरुषको तुलनामा महिलामा आयोडिनको कमी हुने सम्भावना बढी रहेको देखाउँछ । अर्कोतर्फ महिलाको तुलनामा पुरुषमा जिंक तथा म्याग्नेसियमको कमी रहेको पाइएको छ ।
यी निष्कर्षहरूले देशमा पोषणको कमीको सन्दर्भमा पुरुष र महिलाबीचको ठूलो भिन्नतालाई प्रकाश पार्छ । अध्ययनहरूले यो पनि देखाएको छ कि १० देखि ३० वर्ष बीचका मानिसहरूमा क्याल्सियमको कमीको उच्च जोखिममा छन् ।
यो समस्या विशेष गरी दक्षिण एसिया, दक्षिणपूर्वी एसिया तथा उप-सहारा अफ्रिका जस्ता क्षेत्रहरूमा कायम छ। अध्ययनले विश्वको जनसंख्याको ९९.३ प्रतिशत मानिसको पोषक तत्वको अपर्याप्तता अनुमान गर्न विश्वव्यापी आहार डाटाबेसबाट डाटा प्रयोग गरेको थियो ।
प्रतिक्रिया