यी हुन् नेपाल प्रिमियर लिग खेल्ने आठ फ्रेन्चाइज टोली
नेपालखोज
२०८१ भदौ १५ गते ९:२४

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।
मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर्दै नामावली सार्वजनिक गरिएको हाे ।
क्यानले शुक्रवार एनपिएलको पहिलो संस्करणमा सहभागी रहने ८ फ्रेन्चाइजीको टुंगो लगाएको थियाे । जसमा प्रतिस्पर्धा गर्ने टोलीहरुमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया