घट्यो सुनचाँदीको मूल्य
नेपालखोज
२०८१ भदौ १६ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । यसअघि बिहीबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँमा झरेको छ ।
सम्बन्धित
प्रतिक्रिया