एन्फा महिला लिग – कोशी प्रदेशकाे बिजयी सुरुवात

काठमाडाैं । आइतबारबाट राजधानीमा सुरु एन्फा महिला लिगमा कोशी प्रदेशले बिजयी सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो । कोशीका लागि सञ्जुमाया तामाङले १० औं मिनेटमा, समिक्षा मगरले ५१ र ५९ मिनेट र प्रतिक्षा राईले ६८ औ मिनेटमा गोल गरेका थिइन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु लिगमा १० टिमको सहभागीता रहेको छ । जसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बाग्मती युथ क्लबका साथै वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिकाका रहेका छन् । त्यस्तै लिगमा कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पनि सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत सिङ्गल राउन्ड रोबिनको आधारमा ४५ खेल हुने र सिङ्गल राउन्ड रोबिनबाट उत्कृष्ट पाँच टीमबीच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुने एन्फाले जनाएको छ । सुपर लिगका उत्कृष्ट चार टीमबीच क्वालिफायर, इलिमिनेटर र फाइनल गरी लिगमा कुल ६९ खेल हुनेछन् ।
प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।
प्रतिक्रिया