सोमबार, वैशाख ८, २०८२

बिमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा लागू गर्न काँग्रेसको सरकारसँग माग

नेपालखोज २०८१ भदौ १७ गते १३:५८

काठमाडाैं । नेपाली काँग्रेस केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमालाई ५ लाख कायम गर्न सरकारसँग माग गरेको छ ।
 
पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको बिमामा एक द्वार प्रणाली लागु गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिएको हो । 

पार्टी केन्द्रीय समिति बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरूलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बिमाप्रति आकर्षित गर्नका लागि यस्तो व्यवस्था माग गरिएको उल्लेख छ । 

प्रतिक्रिया