कोसीलाई पराजित गर्दै नेपाल पुलिस लिगको शीर्ष स्थानमा
नेपालखोज
२०८१ भदौ २६ गते १५:२५

काठमाडाैं । कोसी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा कोसीलाई ४–० गोल अन्तरले पराजित गदै पुलिस तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो । जारी लिगमा कोसीको यो पहिलो हार हो । पुलिसको जितमा अनुस्का शेर्पाले खेलको २४ मिनेटमा गोल गरेकी थिइन् भने निर्मला उपाध्यायले ४६, सम्झना लावतीले ७९ मिनेट र अमृता जैशीले खेलको ८८ औ मिनेटमा गोल गरेकी थिइन् ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । पहिलो हार बेहोरेको कोसी ९ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया