सोमबार, वैशाख ८, २०८२

तोलामा एक सयले घट्यो सुनको मूल्य

नेपालखोज २०८१ भदौ २७ गते ११:१७

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ ।

प्रतिक्रिया