सबैभन्दा ठुला प्लास्टिक प्रदूषक !

काठमाडाैं । अहिले विश्वभर प्लास्टिकको फोहोर तीव्र गतिमा बढिरहेको छ । नेपाल सानो देश भए पनि यहाँ पनि सहरहरू देखि लिएर हिमालका फेदी अनि खोलानालाहरू सम्म प्लास्टिक प्रदूषित छन् । यद्यपि एउटा नयाँ अध्ययनले विश्वमा सबैभन्दा बढी प्लास्टिक प्रदूषण भारतमा भएको देखाएको छ ।
५७ मिलियन टन प्लास्टिक फोहोर :
हालै गरिएको एक अध्ययन अनुसार विश्वभर हरेक वर्ष ५७ मिलियन टन प्लास्टिक प्रदूषण उत्पादन हुन्छ जुन महासागरदेखि हिमाल अनि मानव शरीर सम्ममा फैलिएको छ।
ग्लोबल साउथको सबैभन्दा ठुलो योगदान :
नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित यो अनुसन्धान अनुसार यो प्रदूषणको दुई तिहाइभन्दा बढी ग्लोबल साउथबाट आउँछ, जसले विभिन्न क्षेत्रहरूमा फोहोर व्यवस्थापनको असमानतालाई दर्साउँछ।
सेन्ट्रल पार्क देखि एम्पायर स्टेट बिल्डिंग सम्म :
प्लास्टिक युनिभर्सिटी अफ लीड्सका अन्वेषकहरूका अनुसार प्रत्येक वर्ष उत्पादन हुने प्लास्टिकको फोहोरले न्यूयोर्कको सेन्ट्रल पार्कमा एम्पायर स्टेट बिल्डिङ जत्तिकै ठुलो थुप्रो बनाउन सक्छ।
खुला वातावरणमा फैलँदो प्लास्टिक :
यो अध्ययन खुला वातावरणमा फैलिएको प्लास्टिक प्रदूषणमा केन्द्रित थियो । यसमा ल्यान्ड फिल्ड वा राम्रोसँग जलाइएको प्लास्टिकलाई समावेश गरिएको थिएन।
फोहोर व्यवस्थापन गर्न असफल :
सरकारहरू विश्वको १५ प्रतिशत जनसङ्ख्याको फोहोर सङ्कलन र विसर्जन गर्न पूर्णतः असफल छन जसले गर्दा दक्षिण पूर्वी एसिया तथा उप-सहारा अफ्रिकामा प्लास्टिकको फोहोरको सबैभन्दा ठुलो थुप्रो छ।
सबैभन्दा प्रदूषित सहर :
अध्ययन अनुसार नाइजेरियाको लागोस् सहरमा सबैभन्दा बढी प्लास्टिक प्रदूषण छ भने त्यसपछि नयाँ दिल्ली, लुआन्डा, कराँची तथा अल कायरो छन् ।
संसारको सबैभन्दा ठुलो प्लास्टिक प्रदूषक भारतले हरेक वर्ष १०२ मिलियन टन प्लास्टिक फोहोर उत्पादन गर्छ, जुन नाइजेरिया र इन्डोनेसियाको तुलनामा दोब्बर हो। चीन चौथो स्थानमा छ । यद्यपि उसले प्लास्टिकको फोहोर घटाउने काममा ठुलो प्रगति गरेको छ ।
आठ देश सबैभन्दा ठुला प्रदूषक :
भारत, नाइजेरिया, इन्डोनेसिया, पाकिस्तान, बङ्गलादेश, रुस, ब्राजिल तथा चीन संयुक्त रूपमा विश्वको आधाभन्दा बढी प्लास्टिक प्रदूषणका लागि जिम्मेवार छन्। यो सूचीमा अमेरिका ९०औँ स्थानमा तथा बेलायत १३५औँ स्थानमा छन् जसको विश्वव्यापी प्लास्टिक प्रदूषणमा निकै कम योगदान छ ।
प्रतिक्रिया