आईसीसी महिला टी-२० वरीयता काे काे कति नम्बरमा ?

काठमाडाैं । महिला टी–२० विश्वकप आउन अब केही दिन मात्रै बाँकी छ । यसैबिच आइसिसीले महिला टी–२० वरीयता सार्वजनिक गरेको छ जसमा दक्षिण अफ्रिकाकी एनी बोस र अस्ट्रेलियाकी फोबी लिचफिल्डले महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
मुल्तानमा भएको पाकिस्तान विरुद्धको टी–२० शृङ्खलाको अन्तिम दुई खेलमा गरेको प्रभावशाली प्रदर्शनपछि एनी बोस तीन स्थान माथि १५ औँ स्थानमा पुगेकी छिन्, जुन गत वर्ष डिसेम्बरमा उनले हासिल गरेको करियरको उत्कृष्ट १४ औँ वरीयताभन्दा केही पछाडि हो ।
यसबिच, फोबी लिचफिल्डले म्याकेमा न्यूजील्याण्ड विरुद्ध उनको शानदार प्रदर्शनबाट फाइदा उठाइन्। उनी २० स्थान माथि चढ्दै करियरको उत्कृष्ट ४१ औँ स्थानमा पुगिन्। यो सूचिमा स्मृति मन्धाना एक मात्र भारतीय ब्याट्सम्यान हुन्, जो शीर्ष १० ब्याटिङ वरीयतामा परेकी छिन् । उनी ७ सय ४३ अङ्कसहित चौथो स्थानमा छिन् । अस्ट्रेलियाकी बेथ मुनी ७६१ रेटिङ अंकका साथ सुचीको शीर्ष स्थानमा छिन् । अस्ट्रेलियाकी ताहलिया म्याकग्रा दोस्रो, वेस्ट इन्डिजकी हेली म्याथ्युज तेस्रो, दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड पाँचौं तथा श्रीलंकाकी चमारी अटापट्टु छैटौं स्थानमा छन् ।
यसका अतिरिक्त अस्ट्रेलियाकी एलिसा हिली एक स्थान सुधार गर्दै सातौं, न्युजिल्यान्डकी सुजी बेट्स एक स्थान सुधार गर्दै आठौं स्थानमा छिन् । दक्षिण अफ्रिकाकी तान्जिम ब्रिट्स तीन स्थान झरेर ९ नम्बरमा पुगेकी छिन् भने सोफी डेभिन १० औँ स्थानमा छिन् ।
शीर्ष 10 बलर
इंग्ल्याण्डकी सोफी एक्लेस्टोन ७५७ रेटिङ अंकका साथ यो सुचीको शीर्ष स्थानमा छिन् ।
भारतकी दीप्ती शर्मा र रेणुका सिंह ठाकुर शीर्ष १० मा आफ्नो स्थान कायम राख्न सफल छन् । दीप्ती शर्मा ७ सय ५५ रेटिङ अङ्कका साथ दोस्रो र रेणुका सिंह ठाकुर ७२२ रेटिङ अङ्कका साथ पाँचौँ स्थानमा छिन् । पाकिस्तानी स्पिनर नाशरा सन्धु ६ स्थान माथि उक्लिएर संयुक्तरुपमा सातौं स्थानमा पुगेकी छिन् । अस्ट्रेलियाकि अफ स्पिनर एश्ले गार्डनर ६ स्थान माथि उक्लिएर नवौँ स्थानमा पुगेकी छिन् । न्युजिल्याण्डकी लेग स्पिनर अमेलिया केर चार स्थान माथि चढ्दै १७ औँ स्थानमा पुगेकी छिन् भने अस्ट्रेलियाकी फास्ट बलर अन्नाबेल सदरल्याण्ड पनि शीर्ष २० मा प्रवेश गरेकी छिन् ।
प्रतिक्रिया