बुधबार, वैशाख १०, २०८२

खोलाले बगाउँदा मोटरसाइकल चालक

नेपालखोज २०८१ असोज ११ गते २१:१५

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् ।

हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया