घट्यो सुनचाँदीको मूल्य
नेपालखोज
२०८१ असोज १३ गते ११:१२

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आइतबार भने ६ सय घटेर १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९४५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया