सोमबार, वैशाख ८, २०८२

२२ अंकले घट्दा चार अर्बको शेयर किनबेच

नेपालखोज २०८१ असोज १३ गते १५:१९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से घटेको छ । नेप्से आज २२ दशमलव ३६ अंकले २४ सय ६४ दशमलव ४० अंकमा झरेको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले घटेर चार सय ४४ दशमलव ८९ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २७ वटा कम्पनीहरूको ५८ हजार चार सय एक पटकको कारोबारमा एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब पाँच करोड छ लाख ५८ हजार ३६ रुपैयाँ पुगेको छ ।नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा उत्पादनमूलक समूहको सूचक ६९ दशमलव २० अंकले बढेर छ हजार सात सय ४५ दशमलव १६ अंकमा पुगे पनि बाँकी समूहहरूको सूचक भने उच्च अंकले घटेका छन् । जसमध्ये वाण्ज्यि बैंक समूहको सूचक १० दशमलव ६७ अंंकले घटेर १४ सय २७ दशमलव ६९ अंकमा झरेकोमा विकास बैक समूहको सूचक पनि ४४ दशमलव शून्य आठ अंकले घटेर चार हजार आठ सय ७४ दशमलव ५० अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि ५२ दशमलव ९८ अंकले घटेर २७ सय १२ दशमलव २६ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि ७१ दशमलव ४९ अंकले घटेर २९ सय ५७ दशमलव शून्य चार अंकमा झरेको छ । यसै गरी जीवन बिमा समूहको सूचक पनि ३९ अंकले घटेर १२ हजार एक सय ८५ दशमलव ५८ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि २० दशमलव १४ अंकले घटेर १२ हजार पाँच सय ७७ दशमलव शून्य चार अंकमा झरेको छ ।

यी बाहेक होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि घटेका छन् ।नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा अपर स्याङगे हाइड्रोपावर लिमिटेड परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी नै पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया