तीन दिनपछि बेपत्ता बालकको शव फेला
नेपालखोज
२०८१ असोज १४ गते २१:४७

बरहथवा(सर्लाही) । सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ ।
गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए । बेपत्ता बालकको निरन्तर खोजी गर्ने क्रममा आज शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया