बुधबार, वैशाख १०, २०८२

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट छ जना पक्राउ

नेपालखोज २०८१ असोज १५ गते १३:४६

काठमाडौं । बाँकेको नेपालगंज उपहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित कोहलपुर नगरपालिका–११ बस्ने २२ वर्षीय बिशाल थारूलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनको उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भासीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय २० मिलिग्राम सहित भारत लखिमपुर पलिया बस्ने २८ वर्षीय बलराम सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित मोरङ उर्लावारी नगरपालिका–३ बस्ने २८ वर्षीय सनम धिमाललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरीको झापा भद्रपुर नगरपालिका–५ मेची पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ मिलिग्राम सहित भद्रपुर नगरपालिका–५ देवी बस्ती बस्ने २१ वर्षीय राहुल ठाकुरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–९ पुलचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ सय क्याप्सुल र स्पासपेन ५ सय क्याप्सुल सहित सोही नगरपालिका–९ बस्ने २२ वर्षीय नबिन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–१ मनहरा टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय कमल रिजाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदभूमी गाउँपालिका–४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटेलका संचालक दोलखा जिरी नगरपालिका–५ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्की समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चाँदीका गरगहना सहित एक जना पक्राउ

पोखरा महानगरपालिका–३२ मजुवाबाट अवैध रूपमा ल्याएको ५ किलो ६ सय ९० ग्राम तौलको चाँदीका गरगहना सहित भारत पुर्वी चम्पारण सुगौली थाना–१० घर भई हाल कास्की पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने ३५ वर्षीय चन्द्र भूषण प्रसादलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरीले पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार चन्द्र भूषणलाई लुकाई छिपाई ल्याएको उक्त तौलको विभिन्न चाँदीका गरगहना सहित पक्राउ गरेको हो । उनको साथबाट चाँदी जस्तो देखिने सेतो धातुको बुट्टावाला पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउजु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान र पाउजुको लक हुक ४ सय ९८ थान बरामद भएको हो ।

उनलाई उक्त गरगहना सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.प्र ०२–०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–५ स्थित सडकमा औरहीबाट रामगोपालपुरतर्फ आउँदै गरेको प्र.२–०२–००४ प ८२४६ नम्बरको मोटरसाइकलले लु.प्र ०१००१ प २७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा प्र.२–०२–००४ प ८२४६ नम्बरको मोटरसाइकल चालक बलवा नगरपालिका–७ बनौटा बस्ने ३५ वर्षीय राजिव झाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जनाको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको छ । हाल फरार लु.प्र ०१–००१ प २७३१ मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्कास्थित सडकमा से.६ प ६२७९ नम्बरको मोटरसाइकल र बा.९५ प ९२५२ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका से.६ प ६२७९ नम्बरको मोटरसाइकल चालक जानकी गाउँपालिका–८ पालबजार बस्ने २० वर्षीय निर्मल चौधरी र बा.९५ प ९२५२ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–७ बस्ने २६ वर्षीय चिरन्जिबी मल्लको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको कमल गाउँपालिका–५ मंगलबारेस्थित सडकमा गौरादहबाट दमकतर्फ जाँदै गरेको मे.८ प ७१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दमक नगरपालिका–७ बस्ने ३१ वर्षीय राजन लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्र.२–०२–००३ प ८३११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका–१ छगडिया बस्ने २७ वर्षीय सत्य नारायण यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया