दसैँ र तिहारका धमाकेदार चलचित्र

काठमाडाैं । अबको केही दिनमा नवरात्रि सुरु हुँदैछ । यस्तो अवस्थामा यो महिना धेरै स्मार्टफोन, कार तथा चलचित्र रिलिज हुन लागेका छन्। यदि तपाई सिनेमा प्रेमी हुनुहुन्छ भने यो दशैं र तिहार तपाईँका लागि धमाकेदार साबित हुनसक्छ ।
वेट्टैयन ( Vettaiyan ) : सुपरस्टार रजनीकान्तको फिल्म ‘वेट्टैयन’ अक्टोबरको सुरुमा रिलिज हुँदै छ । यो फिल्ममा रजनीकान्तसँगै अमिताभ बच्चन पनि देखिनेछन् । यो चलचित्र अक्टोबर १० मा हलमा रिलिज हुनेछ ।
विक्की विद्याका वो वाला भिडियो
(Vicky Vidya Ka Woh Wala Video) : राजकुमार राव र तृप्ति डिमरीको फिल्म ‘विक्की विद्याका वो वाला भिडियो’ अक्टोबर ११ मा सिनेमा घरमा रिलिज हुँदै छ।
जिग्रा (Jigra) : बलिउड अभिनेत्री आलिया भट्ट तथा वेदांग रैना अभिनित बहुप्रतिक्षित फिल्म जिगरा अक्टोबर ११ मा रिलिज हुने तयारीमा छ । यसलाई करण जोहर र आलियाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
मार्टिन (Martin) : कन्नड सुपरस्टार ध्रुव सर्जाको फिल्म ‘मार्टिन’ पनि अक्टोबर ११ कै दिन सिनेमा घरमा रिलिज हुँदै छ । यो प्यान इन्डिया फिल्म धेरै दिनदेखि चर्चामा थियो । ‘मार्टिन’ को बजेट ३२० करोड रुपैयाँ भएको बताइन्छ ।
ब्याडस रवि कुमार (Badass Ravikumar) : चर्चित गायक हिमेश रेशमिया लामो समयपछि चलचित्र लिएर आउँदैछन् । उनको एक्शन थ्रिलर फिल्म ‘ब्याडस रवि कुमार’ लामो समयदेखि चर्चामा थियो । अब यो चलचित्र अक्टोबर ११ मा हलमा रिलिज हुँदै छ।
भेनम : द लास्ट डान्स ( Venom : The Last Dance ) : हलिउडको उत्कृष्ट विज्ञान कथा श्रृंखला ‘भेनम’ को अर्को भाग ‘भेनम द लास्ट डान्स’ अक्टोबरको अन्त्यमा रिलिज हुने तयारीमा छ । यो फिल्म अक्टोबर २५ मा हलमा रिलिज हुनेछ जसमा टम हार्डी मुख्य भूमिकामा देखा पर्दै छन् ।
प्रतिक्रिया