सोमबार, वैशाख ८, २०८२

कृष्णको पूजामा किन चढाइन्छ नरिवल ?

नेपालखोज २०८१ असोज १६ गते ५:२७

‘बुध’ ग्रहका लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेषगरी विथाल देव ९कृष्णको अवतार० को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्छ । कुनै नयाँ काम थालनीका लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवान्‌को व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

यस दिन गरिने केही कर्मले जिन्दगीभरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, हामी पनि जानौं :

१. हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिमाथि सबै देवी(देवताको कृपा हुने गर्छ ।
२. बुधबार मुँगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
३. बुधबार गणेश भगवान्‌लाई सिन्दूर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।
४. जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ ।

जन्मबारका आधारमा मानिसको स्वाभाव
बुधबार जन्मिएका व्यक्तिहरू शान्त, बिजनेस माइन्डका, सफा र स्वच्छ विचार, नयाँ(नयाँ कुरा जान्न उत्सुक, सन्तुष्ट स्वभाव, विश्वासिला, अरुको धोका नपचाउने, सकारात्मक सोच, हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने, साथै बुधबार जन्मिएका मानिसहरू प्रायस् शैक्षिक क्षेत्रमा लाग्छन् ।

भगवान्‌लाई किन चढाइन्छ नरिवल ?
शुभकार्यअघि भगवान्‌को मूर्तिअघि नरिवल चढाइन्छ । यो प्रथाको पछाडि भयानक अर्को प्रथा लुकेको छ । परापूर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पूजाआजा गर्दा कुनै महत्त्वपूर्ण कार्यका अगाडि मानिसलाई नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाउँमा नरिवलले काम चलाउन थालियो ।

प्रतिक्रिया